पहिरोमा मारिनेको संख्या ३६


बेइजिंग,(एजेन्सी) ।
दक्षिणी चीनको एउटा गाउँमा मंगलवार गएको भिषण पहिरोमा अहिले समम मारिनेको संख्या कम्तिमा ३६ पुगेको आइतवार सरकारी संचार निकाय सिन्ह्वाले जनाएके छ । गुइझोउ प्रन्तमा सिबसवटा भन्दा बढि घर पुरिने गरी आएको सो पहिरोमा अझै पन्ध्र जना मानिस हराइरहेको बताइएको छ ।

चिनिया अधिकारीहरुले सुइचेंग काउन्टीमा अन्य चालिसजना स्थानिय वासिन्दालाई पहिरोबाट सकुशल उद्धार गरिएको बताएका छन् । चीनका विभिन्न भागमा केहि समय देखि भइरहेको निरन्तर वर्षको परिणाम स्वरुप पहिरो गएको बताइएको छ ।

यस दैवी प्रकोपमा मारिने मध्ये दुई जना बालबालिका , एकजना आम र उनकी शिशु समेत रहेको बताइएको छ । चिनिया सरकारी टेलिभिजन सिसिटिभिको फुटेजमा उद्धारकर्ताहरुले माटो पन्छाउाद ैघाइतेहरु खोजिरहेका देखिन्छन् । सरकारले उद्धार कार्यमा मात्रै कमितमा चौवालिस लाख अमेरिक ीडलर खर्च भइसकेको जनाएके छ ।