म्याक्रोंको मुर्खतापूर्ण करनीतिको जवाफ दिने ट्रम्पको चेतावनी


वासिंगटन (एजेन्सी) ।
अमेरिकी राष्ट्र्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्टपति इम्यानुएल म्याक्रोंको ‘मुर्खतापुर्ण‘ नितिले अमेरिकी कम्पनीहरुलाई निसाना बनाइरहेको आरोप लगाएका छन् ।

फ्रान्सको नयाँ डिजिटल ट्याक्सको आलोचना गर्दै फ्रान्सको वाइनमा आयात शुल्क लगाउने ट्रम्प संकेत दिएका छन् । ट्रम्पले शुक्रबार सुरुमा ट्विटरमा असन्तुष्टी ब्यक्त गरेको र पुन सन्चार माध्यमसँगको कुराकानीमा पनि आप्mनो उक्त विचार दोहोर्याएका थिए ।

फ्रान्सले गुगल जस्ता बहुराष्ट्र्यि कम्पनी माथि कर लगाउने तयारी गरिरहेको छ । फ्रान्सका अनुसार अन्य देशका कम्पनीहरुले संस्थागत कर नतिरेको वा अत्यन्त कम मात्र तिर्ने गरेका छन् ।

फ्रान्सका तर्फबाट लगाइएका कर अन्यायपुर्ण ढंगले अमेरिकी प्रविधि कम्पनीलाई नोक्सान पुर्याउने ट्रम्प प्रशासनले जनाएको छ । ट्रम्पले व्टिटरमा लेखेका छन् – फ्रान्सले अमेरिकी ठुला प्रविधि कम्पनीमाथि डिजिटल ट्याक्स लगाएको छ । यदि कसैले यी कम्पनीमाथि ट्याक्स लगाउनु छ भने उसको मुल देशले लगाउने छ ।
हामी म्याक्रोंको मुर्खतामा छिट्टै नै ठोस जवाफी कारवाहीको घोषणा हुनेछ । म सँधै भनिरहेको हुन्थेँ कि अमेरिकाको वाइन फ्रेन्च वाइन भन्दा राम्रो हुन्छ ।

ओवल अफिसमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले फ्रेन्च वाइनको आयातमा शुल्क लगाउने विचार गरिरहेको जानकारी गराए । उनले भने – म यसतो गर्न सक्छु । फ्रान्सले हाम्रो कम्पनीमाथि ट्याक्स लगाए । तपाईलाई थाहा छ, यो अत्यन्त गलत काम भएकोछ । उनलाई त्यसतो गर्नु आवश्यक थिएन ।

।।। वास्तवमा म वाइन पिउँदिन तर पनि अमेरिकी वाइन मलाई सँधै फ्रेन्च वाइन भन्दा धेरै मनपर्छ । त्यो राम्रो देखिन्छ । उनीहरुले हाम्रो कम्पनीहरुमाथि ट्याक्स लगाइ सही काम गरेको छैन । आफनो कम्पनी हामी नै ट्याक्स लिन्छौं, उनीहरुले पाउँदैन ।

फ्रान्सका विदेशमन्त्ती ब्रुनो लिमेयले फ्रान्स डिजिटल ट्याक्स लागु गर्ने योजना कार्यान्वयन गर्नेछ । उनले भने – डिजिटल गतिविधिमाथि ट्याक्स लगाउनु चुनौतिपुर्ण हो र यसबाट हामी सबै प्रभावित हुनेछ ।

फ्रान्स सरकारले एप्पल जस्ता बहुराष्ट्र्यि कम्पनीका मुख्यालय उनको देश बाहिर भएको र उसले फ्रान्समा आफनो मोबाइलमा या त ट्याक्स तिर्दैन वा अत्यन्तै कम ट्याक्स तिर्छ ।

यस अघि शुक्रबार अमेरिकी राष्ट्र्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधी कम्पनी एप्पललाई चीनमा बनेका मोबाइल आयातमा लाग्ने शुल्कमा कुनै राहत नपाउने चेतावनी दिएको थियो । उनले लेखेका थिए ‘ ती हिस्सा पनि अमेरिकामा बनाओस, कुनै आयात कर लाग्ने छैन ।