नेपाल र सिंगापुरको खेल शुरु (LIVE)


काठमाडौं । आईसीसी टि -ट्वन्टी विश्व कप क्रिकेटको एसिया छनोटको अन्तिम खेलमा नेपालले सिंगापुरसँग खेलिरहेकाे छ । अहिले नेपालले टस हारेर सिंगारपुरविरुद्ध बलिङ गरिरहेकाे छ ।

इण्डियन एशोसीएसन क्रिकेट मैदानमा आज नेपालले आयोजक सिंगापुरको सामना गर्न लागेको हो । तीन खेलबाट दुईमा जित र एक खेलमा अंक बाडेको सिंगापुर पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भने समान खेलबाट दुईमा जित र एकमा हार व्यहोरदै चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आजको खेल जित्ने टिमले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

आफ्नो पहिलो खेलमा हार व्यहोरेको नेपालले पछिल्लो दुई खेलमा बलियो खेल प्रदर्शन गरेको छ । एसिया छनोट जित्दै ग्लोबल छनोटमा पुग्ने लक्ष्य लिएको नेपालका लागि सिंगापुर केहि चुनौति बन्न सक्नेछ । यदि वर्षाका कारण खेल रद्द भएपनि सिंगापुरलाई त्यसको फाइदा हुनेछ । पाँच टोली सहभागी रहेको प्रतियोगितामा नेपाल टी– ट्वन्टी मान्यता प्राप्त टिम हो । नेपाल प्रतियोगिताको प्रमुख दावेदारको रुपमा रहेको छ ।

https://youtu.be/z06PP0o5pBI