वैद्य सम्मानित


काठमाडौं, (नेस)
बूढानीलकण्ठ उमा कुङफु क्लब, बाल विकास बोर्डिङ स्कुल र बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ ले उमा कुङफुका संस्थापक सुरेश वैद्यलाई शुक्रबार सम्मान गरेको छ ।

विगत १७ वर्षदेखि लन्डनमा बस्दै आएका वैद्यलाई गत जुन २६ तारिखमा लन्डनको ओर्चेस्टरमा भएको उमा ब्रिटिस च्याम्पियनसिपका दौरान वल्र्ड युनाइटेड मार्सल आर्ट एसोसिएन (उमा) ले सातौं डान प्रदान गरेको थियो । त्यस अवसरमा वैद्यले क्लबलाई सहयोग स्वरुप करिब ३० हजार मूल्य बराबरको सामाग्री हस्तान्तरण गरे ।

सो कार्यक्रममा दोश्रो एसियाली अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता अयुब घिमिरे र सञ्जयराज पुटुवार तथा एक स्वर्ण जितेका सियाङ तामाङलाई पनि क्लबले सम्मान गरेको थियो ।