तेक्वान्दोका नवीन उत्कृष्ट


काठमाडौं, (नेस) ।
नेपालका नवीनकुमार श्रेष्ठ जोर्डनमा सम्पन्न एसियन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री घोषित भएका छन् ।

जोर्डनको अम्मानमा गत जुलाई १८ देखि सञ्चालन भएको च्याम्पियनसिपमा नवीनकुमार श्रेष्ठ उत्कृष्ट रेफ्री घोषित भएका हुन् ।

नेपाल तेक्वान्दो संघको रेफ्री कमिटीका प्रमुखसमेत रहेका नवीनले उक्त च्याम्पियनसिपमा निर्णय प्रदान गरेका ५० जना रेफ्रीलाई पछि पार्दै उत्कृष्ट रेफ्री भए । उक्त खेलमा उनले ग्यरोगीतर्पm २० भन्दा बढि खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।