गोल्डेन पीक अन्तरविद्यालय बास्केटबलमा ३० टोली


काठमाडौं, (नेस) ।
आठौं गोल्डेन पीक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा ३० टोलीले सहभागिता जनाउने भएका छन् । साउन १० गते देखि संचालन हुने प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२, सिनियर गल्र्सतर्फ ६ र सिनियर ब्वाइजतर्फ १२ टोलीले प्रतिस्पर्धा गर्ने बिहिवार पत्रकार सम्मेलनमा आयोजकले जनायो । चावहिल सरस्वतीनगर स्थित गोल्डेन पीक हाईस्कुलकोे कोर्टमा हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा संचालन हुनेछ । गल्र्स तर्फ दुई समूहमा बिभाजन गरिएको छ भने ब्वाईजमा चार समूहमा बिभाजन गरिएको छ ।

जुनियर व्वाइजतर्फ ४ फिट १० इन्च सम्मको उचाई निर्धारण गरिएको छ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहनेछ । साउन १७ गते सम्म संचालन हुने प्रतियोगिताका बिजेताले शिल्ड,मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट ३ लाख रहेको छ ।

सो पत्रकार सम्मेलनमा कुल गोल्डेन पीकका प्रिन्सिपल छत्रमणि राईले जानकारी गराउदै भने “बिद्यालयनै खेलकुदको मेरुदण्ड हो, जग बलियो भए मात्र घर बलियो हुन्छ ,हामीले बिद्यालयमा खेलकुदको गतिबिधि बढाउन सानो प्रयास मात्र गरेका हौ , नेतृत्व राज्यले गर्नु पर्छ” ।