प्रधानमन्त्रीले रअका प्रमुखलाई नभेटेको जिकिर


नेपाल समाचारपत्र, काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख समान्तकुमार गोयलस“ग भेट नगरेको दावी गरेको छ ।

बिहीबार आफ्नो मन्त्रालयमा आयोजित नियमित साप्ताहिक पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद वास्कोटाले यस्तो दावी गर्नुभएको हो ।

उहाँले रअसँग भेट नगरे पनि भेट गरेझैं गरी मूलधारका मिडियाले हल्ला फैलाएको आरोप लगाउँदै भन्नुभयो–प्रधानमन्त्रीले रअका प्रमुखस“ग भेट्नुभएकै छैन । मिडियाले हल्ला फैलाएको मात्रै हो । मूलधारका मिडिया कुइरी मण्डलको खेतीमा नरुमलिअ ।’

प्रधानमन्त्रीले भारतका एक कर्मचारीसँग भेट गरिराख्नुपर्ने आवश्यकता नभएको उहा“को भनाइ थियो । ‘नेपाल सुन्दर देश छ, पशुपति छ । यहा“ घुम्न मान्छेहरू आइराख्छन्’उहा“ले भन्नुभयो –किन कर्मचारीलाई भेटिराख्ने ? अरु कसैले भेटेको भए कूटनीतिक मर्यादाअनुसार नै भेट्नुपर्छ ।

सोही पत्रकार सम्मेलनमा मन्त्री वास्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको, खानेपानी, बन तथा वाताबरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न भर्नाका लागि राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको बताउनुभयो ।

यसअन्तर्गत अब सरकारले खानेपानीअन्र्तगत २ सय १३, वनअन्तर्गत ५० र श्रम मन्त्रालयअन्र्तगत ७२६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । बैठकले भारतीय नागरिक मुन्सीलालको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने, राष्ट्रिय परिचयपत्रको हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्डचिप्स र प्रणालीमा राखेर परिर्माजन गर्ने निर्णय गरेको छ ।

उहाँका अनुसार कञ्चनपुरमा मृत्यु भएका चन्द्रदेव भट्टको परिवार र रौतहटमा जिप दुर्घटनामा परी मृत्यु हुने थुनुवाहरु मुकेश भनिने निर्मल साह र रमेशकुमार चौधरीको परिवारलाई प्रतिपरिवार ५÷५ लाख रुपैया“ राहत दिने निर्णय भएकोे छ ।

नेपाल र जर्जियाबीच कुटनीतिक तथा अफियसल सर्भिस राहदानी बाहकका लागि आवश्यक भिसा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतापत्रमा सरकारको तर्फबाट समकक्षता मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृत दिने र शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा उर्जा आयोगको सचिवालय र जल तथा उर्जा आयोगका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको छ ।

सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित वार्ता टोलीले सरकारसमक्ष पेश गरेको प्रतिवेदन आवश्यक कारवाहीका लागि गृहमन्त्रालमा पेश गर्ने, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक संघीय संसदमा पेश गर्न स्वीकृत दिने, दुरसञ्चार (नवौँ संशोधन) नियमावली २०७६ स्वीकृत गरी राजपंत्रमा प्रकाशित गर्न स्वीकृत दिने, नेपाल हवाई प्राधिकरण ऐन बनाउन, नेपाल नागरिक प्राधिकरण ऐन, नेपाल बन्दरगाह प्राधिकरणसम्बन्धी विधयेक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने लगायतका निर्णय गरेको मन्त्री बा“स्कोटाले जानकारी दिनुभयो ।

यसैगरी बैठकले नेपाल राजपत्रको मिति २०७० फागुण १ को खण्ड ६३( अतिरिक्ताकं ३० क) भाग ५ को क्रम संख्या ४ मा प्रकाशित सूचना खारेज गर्ने, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गैर कर राजस्वको दरमा परिमार्जन गर्ने विषयको सूचना स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने, पनि बैठकले निर्णय गरेको छ ।