रामेछापको साँघुटार बजारमा आगलागी


रामचन्द्र विक, रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा आगलागी भएको छ ।
बिहिबार विहान स्थानीय राजन सुवेदीको घरमा विद्युतको लाइन सर्ट भई लागेको आगोबाट ४ ओटा घर पूर्ण रुपमा जलेर नष्ट भएको वडा नं. ३ का वडा अध्यक्ष भुपल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका असनुसार सुवेदीको प्रीफ्यबको घरमा बिद्युतको लाइन सट भएको र उक्त घरमा डिजेल राखिएकाले अन्य घरमा समेत आगो फैलिएको हो ।

बिहान साँढे ८ बजे देखि आलगेको आगो अहिले आंसिक रुपमा नियन्त्रणमा आए पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् ।
आगो नियन्त्रणको लागि साँघुटार प्रहरी, स्थानीय लगायतले प्रयास गरिरहेको पनि वडाअध्यक्ष श्रेष्ठले जनकारी दिनुभयो । आगो नियन्त्रणको लागि थप जनशक्ती सहित नगरपालिकाबाट टोली साँघुटार हिडिसकेको नगरपालिकाले जानकारी दिएको छ ।