पहिरोपिडितलाई सहयोग


ग्लोबल नेपाली फिल्म अवार्ड तथा नेपाल फिल्म सोसाइटिले काठमाडौको मुलपानीमा बाढी तथा पहिरो बाटएकै परिवारका ३ जना मृत्यु भएका पिडित परिवारलाई ३० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ। बारा जिल्ला देवताल गाउपलिका वडा न. ५ घर भई मुलपानीमा बसोबास गरि ज्यामी काम गर्दै आएका बिपन्न बर्गका ३ जना सर्मिला देवी यादब, नितु देबी यादब र कुन्दन यादबको पहिरोले पुरिएर मृत्यु भएको थियो।

आर्थिक अबस्था दयनिय भएका परिवारलाई केहि राहत महसुस होस् भन्ने उदेश्यले कागेश्वरि मनहरा नगरपालिका वडा न. ६ का वडाधक्ष्य प्रकाश फुयाल र मृतकका आफन्त बिपिन यादबको उपस्थितिमा वडा अध्यक्षमार्फत पिडित परिवारलाइ आर्थिक राहतस्वरुप उक्त आर्थिक सहयोग गरिएको नेपाल फिल्म सोसाइटीका अधक्ष्य तथा अभिनेता कृष्ण मल्लले जानकारी गराए।

ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य नबराज श्रेष्ठ, अमेरिका निबासी कलाकार तथा ग्लोबल नेपाली फिल्म अवार्डका सदस्य राजु बजाजको पहलमा कलाकार तथा समाजसेवी उज्जवल अर्याल, कलाकारद्वय प्रशिद्ध अर्याल र कृष थापा, गीतकार हरि उप्रेती, सामाजसेवी राज कुमार काप्mले, समाजसेवी रामु न्यौपाने, समाजसेवी सन्तोष अधिकारि, समाजसेवी अन्जन कुवरमार्फत आएको रकम सोसाइटीका मल्ल तथा मधुकुमार श्रेष्ठ, एसके श्रेष्ठ, नारायण प्रधान, पुरन जोशीलगायतले हस्तानतरण गरेका थिए। यसअघि अभिनेता जयनेन्द्र चन्द ठाकुरलाइ २० हजार रुपियाँ आर्थिक सहयोग गरिएको थियो।