छवि र शिल्पाविरुद्व पक्राउ पूर्जी जारी


छविको पहिलो पत्नी हेमा ओझाले छवि र शिल्पाविरुद्ध दिएको बहुविवाहको जाहेरीपछि अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि प्रहरीले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार हेमाको जाहेरीका आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ भने छवि र शिल्पाको खोजी भईरहेको छ।

हेमाले छवि र शिल्पाले बहुविवाह गरेकाले उनीहरुलाई तत्काल पक्राउ गरेर कारवाही अगाडि बढाउन माग गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। उनले छवि र शिल्पाबीच बिबाह भएको ३ वर्षपछि उनीहरुविरुद्ध जाहेरी दिएकी हुन् भने आफुहरुबीच बैबाहिक सम्बन्ध गाँसिएको ३५ वर्षपछि न्यायको माग गरेकी हुन्। उनले जाहेरीमा २०४१ सालमा आफुहरुबीच विबाह भएको र २ सन्तान राजिव र महेश रहेको जनाउँदै छवि र आफुबीच सम्बन्ध सामान्य रहेको अवस्थामा उनी कहिले काठमाडौं कहिले जिल्लातिर आउजाउ गरिरहने गरेको र त्यसपछि उनको व्यबहारामा केही परिवर्तन आएको महशुष भएको उल्लेख गरेकी छिन््। ‘हामीबीचमा केही मनमुटाव पनि भयो। तपाईंको बानी व्यबहार मलाई ठिक लागेको छैन। के हो, किन परिवर्तन हुनुभएको भनेर सोध्दा केही होइन, मलाई किन शंका गर्छौ मात्र भन्नुहुन्थ्यो।

उहाँको पेशा फिल्म क्षेत्र भएकाले सबैसँग बोल्नुपर्छ, हास्नुपर्छ। धेरै शंका गर्नु ठिक होइन भनी मैले पनि त्यस विषयमा विवाद गर्न छाडेँ। विभिन्न समयमा विभिन्न महिलाहरुसँग जोडेर मलाई विभिन्न व्यक्तिहरुले सुनाउँथे, मैले उहाँसँग सोध्दा सत्यता त्यस्तो होइन भन्ने जवाफहरु पटक पटक दिईरहँदा कसैका सवालमा पनि मेरो श्रीमान्ले अर्को विवाह नै गरेको प्रमाण थिएन। त्यसैले मेरो श्रीमानले भनेको कुरा नै सही हो, हामी कामको सिलसिलामा मात्र सँगसँगै भएको मात्र हो भन्ने जवाफमा मैले विश्वासै गरी बसेको थिएँ’ जाहेरीमा हेमाले लेखेकी छिन् ‘तर यसै बिचमा शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आईरहँदा पनि मैले श्रीमान् छवि ओझासँग फेरि पनि सोध्दा के छ तिमीसँग हामीले बिबाह गरेको प्रमाण? भनी उल्टो प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ।’

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध प्रहरी पक्राउ पूर्जी जारी गरेको छ।

हेमाले उनीहरुबीच कहिँकतै बिबाह दर्ता भएको नपाएको तर पछिल्लो समयमा सञ्चारमाध्यममा धेरै चर्चा भएपछि आपैmँले खोजविन गरी गत साउन ३ गते छविकै कार्यालयका कर्मचारीमार्पmत छवि र शिल्पाबीच बिबाह भई बिहे दर्ता गरेको कागजात फेला पारेको जाहेरीमा उल्लेख गरेकी छिन्। ‘सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुबिबाह गरेकाले हिजोमात्र मैले विपक्षी पति छविराज ओझा र शिल्पापोखरेलबीच २०७५ साल पौष ११ गते विबाह दर्ता गरेको निज विपक्षीहरुको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी फेला पारेपछि निजहरुले बहुबिवाह गरेको प्रमाणीत नै भएकाले निज मेरो विपक्षी श्रीमान् छविराज ओझाले घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी छु’ जाहेरीमा हेमाले उल्लेख गरेकी छिन् ‘निज मेरो विपक्षी पती छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुनबमोजिम यथाशक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरी निजलाई कानुनबमोजिम हदैसम्मको सजायँ गरी पाउँ।’

यसअघि शिल्पाले घरेलु हिंसा गरेको आरोपमा छविविरुद्ध प्रहरी गुहारेकी थिइन् भने केही अघि मात्र पारापाचुकेका लागि मुद्या दायर गरेकी थिइन्। उनीहरुबीच ३ वर्षअगाडि बिबाह भएको र केही अगाडि बिबाह दर्ता भएको हालैमात्र सार्वजनिक भएको थियो। हेमापछि छविले नायिका गीताञ्जली सुनुवारसँग बिबाह गरेका थिए भने नायिका तथा निर्मात्री रेखा थापासँग लिभिंग टुगेदरको सम्बन्ध थियो। रेखा केहीअघि आपैmँ छविबाट अलग भएकी थिइन्।