दोर्दीखोलामा बाढीले बगाएका दुई जनाको सनाखत, सात जनाको खोजी जारी


लमजुङ । लमजुङको दोर्दीखोलाको बाढीले बगाउँदा मृत्यु भएका चारमध्ये दुई जनाको सनाखत भएको छ । अझै सात जना अझै वेपत्ता छन् ।

सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिएका छन् ।

निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा शिवधनले फलामको काम गर्दथे भने र रमेश सहयोगी थिए । शव फेला परेकामध्ये अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी गुरुङले बताएका छन् ।