प्रिन्स दोश्रो चरणमा


काठमाडौं, (नेस) । चिनको सुझौ सहरमा जारी एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनसिप २०१९ मा प्रिन्स दाहालले जित हात पार्दै दोश्रो चरण प्रवेश गरेका छन् ।

नेपालका उदियमान खेलाडीले पहिलो चरणमा पुरुष एकल यु – १९ मा सिंगापुरका ईह्यु बेन्जामिन लिलाई २१ – १६, २१ – १२ को सोझो सेटमा हराएका थिए ।