काठमाडौं । लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउदा ३ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन ।
निर्माणाधीन लिवर्टी जलबिद्युत आयोजनामा काम गर्ने क्रममा अचानक बाढी पसेपछि ३ जनाको मृत्यु हुनाका साथै ८ जना बेपत्ता भएका हुन ।
गाउँदेखि माथि बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया