टी २० विश्वकपमा नेपाललाई असोचनीय नतिजा


नेपाल समाचारपत्र, काठमाडौं ।
आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले असोचनीय नतिजा बेहोरेको छ ।

सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार आफ्नो पहिलो खेल खेलेको थियो । जसमा कमजोर मानिएको कतार प्रतिद्वन्द्वी थियो । कतारले पहिलो खेलमा सिंगापुरसँग हार पनि आत्मसात गर्नु र नेपालको पछिल्लो प्रदर्शन उत्कृष्ट पनि भएको हुँदा नेपालले जित्ने सबैको अनुमान थियो । तर त्यस्तो भएन कतारले बलिङ र ब्याटिङमा राम्रो गर्दै नेपाललाई ४ विकेटले स्तब्ध तुल्यायो ।

नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रनको योगफल बनायो । यो सामान्य लक्ष्य थियो कतारका लागि । पहिलो खेलमा सिंगापुरविरुद्ध १ सय ५० रन कटाउनाले पनि कतारका लागि नेपाललाई हराउन त्यति गाह«ो भएन । टोलीले १९.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय २४ रन बनाएपछि नेपालले हार स्विकार गर्नुप¥यो । योसँगै अंकतालिकामा अंक जोडेका सिंगापुर, कतार, मलेसिया र कुवेत भन्दा नेपाल शून्यमै रहेको छ ।

नेपालका बलरले सक्दो प्रयास चाहिँ गरे । सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिएर कतारलाई ८६÷४ को स्थितिमा पु¥याएका थिए । तर लक्ष्य नै सामान्य हुँदा नेपालले कुनै चमत्कारी नतिजा ल्याउन सकेन । टोलीका ओपनर इनाम उल हकले ४१ रन जोड्नु नै नेपाललाई समस्या भएको थियो । यद्दपि उनलाई रनआउट गरे पनि त्यतिबेला सम्म कतार जितबाट २६ रनले मात्रै टाढा थियो ।

नेपाल हार्नुको कारण ब्याटिङ
नेपाल यो समूहमा बलियो टोली हो । उपाधि दावेदारीमा रहेको नेपालको ब्याटिङ नै कमजोर बनेको थियो । कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ६ ओभरमा ४९ रन जोडेर सानदार शुरुवात दिलाएका थिए । दुबै जना ९ रनको अन्तरमा पवेलियन फर्कनु नै नेपालको सुरक्षित योगफल बनाउने लक्ष्यमा धक्का लाग्यो । पारस २८ रन र ज्ञानेन्द्रले २३ रनको योगदान दिएका थिए ।

यसपछि सरद भेषवाकर ७ रन बनाउँदै आउट भए । यहीदेखि नेपालको ब्याटिङ धरासयी बनेको थियो । दिपेन्द्रसिंह ऐरीले एक इन्डबाट रन बटुलिरहँदा अर्को इन्डबाट विकेट पतन भइरहेको थियो । नेपालका लागि सर्वाधिक ३४ रन बनाएका दिपेन्द्रलाई अलराउन्डर सोमपाल कामीले र विस्फोटक ब्याटसम्यान विनोद भण्डारीले साथ दिन नसक्नु नै नेपाली ब्याटिङ कमजोर बनेको थियो । सोमपालले ११ रन र विनोदले ३ रन मात्रै जोडेका थिए । अन्यमा सन्दीपले ९, करण केसीले ४ र वसन्त रेग्मीले १ रन जोडे ।

आज मलेसियासँग खेल्दै
पहिलो खेलमा कतारसँग हारेपछि नेपालले आज हुने खेलमा मलेसियालाई हराउनै पर्ने दवाव भएको छ । मलेसियाले पहिलो खेलमा कुवेतलाई हराएको थियो । मलेसियाको २ अंक छ भने नेपाल अंकविहीनमा छ । यो खेलमा कप्तान पारस खेल्नेमा शंका रहेको छ । कतारविरुद्ध ब्याटिङमै उनको ढाड दुखेको जनाएको थियो । यसैले यो समस्याले गर्दा उनी मलेसियाविरुद्ध खेल्ने संभावना कमै रहेको सिंगापुरबाट जानकारी गराएको छ।