तिज गित ‘नेटो काटौं कि’ सार्वजनिक


गायिका रेश्मा के.सी र तृप्ती खड्का तथा सन्दीप न्यौपानेको स्वरमा सजिएको तिज गित नेटो काटौं की सार्वजनिक भएको छ ।

गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र पछिल्लो समय चर्चामा रहेका मोडलद्वय अन्जली अधिकारी र करिस्मा ढकालको अभिनयमा सो तीज गीत सार्वजनिक भएको हो । सो गितको शब्द पार्वती थापाको र लय गायिका तृप्ती खड्काको रहेको छ ।

यूएस खबर नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक भएको गितको निर्देशन बिक्रम चौहानले गर्नुभएको छ । हरितालिका तिजलाई लक्षित गरी मौलिक गित सार्वजनिक गरिएको गायीका रेश्माले बताउनुभयो । यसै गरी अर्की गायिका तृप्ती खड्काले फरक खालको र सबैले नाच्ने खालको गित भएको बताउनुभयो ।

भिडियो