चुक्ता पुँजी पुर्याउन निर्जीवन बीमा कम्पनीलाई हम्मे


नेपाल समाचारपत्र, काठमाडौं ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पु“जी १ अर्ब रुपिया“ पु¥याउनका लागि तोकेको समय सीमा मंगलबार सकिएको छ ।बीमा समितिले तोकेको चुक्ता पु“जी पु¥याउन अधिकांश बीमा कम्पनीहरुलाई हम्मे–हम्मे परेको हो ।

समितिले असार मसान्तसम्म बीमा कम्पनीहरुलाई चुक्ता पु“जी वृद्धि गर्न निर्देशन दिएको थियो । तर, तोकिएको समयभित्रमा केही कम्पनीले मात्रै चुक्ता प“जी पु¥याउन सके भने अधिकांशले चुक्ता पु“जी पु¥याउन बा“की रहेको बीमा समितिले जनाएको छ । बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै निर्जीवन बीमा कम्पनीको चुक्ता पु“जी नपुगेको बताउनुभयो । उहा“ले नेपाल समाचारपत्रस“ग कुरा गर्दै भन्नुभयो–‘ धेरैले चुक्ता पु“जी नपु¥याएको भए पनि केही कम्पनीले भने चुक्ता पु“जी तोकिएबमोजिम पु¥याएका छन् ।’

अहिलेसम्म शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्योरेन्स, प्रिमियर इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मात्रै चुक्ता पु“जी १ अर्ब रुपिया“ पु¥याएका छन् ।

समय सिमाभित्र बीमा समितिले तोके बमोजिम चुक्ता पु“जी नपु¥याउने कम्पनीले आगामी दिनमा के गर्ने भन्नेबारेमा पनि अझै केही निर्णय गरेका छैनन् । साथै बीमा समितिले पनि के गर्ने भन्ने बारेमा कुनै निर्णय गरेको छैन । नेपाल समाचारपत्रस“ग कुरा गर्दै निमित्त कार्यकारी निर्देशक पौडेलले अगाडि भन्नुभयो–‘हामीले चुक्ता पु“जी पु¥याउन दिएको समय सिमा असार मसान्तमै सकिएको छ, चुुक्ता पु“जी पु¥याउन नसक्ने कम्पनीहरुलाई के गर्ने भन्ने बारेमा अझै केही निर्णय गरिसकेका छैनौं ।’ उहा“का अनुसार समितिले केहीभित्रै बोर्डको बैठकपछि अब के गर्ने भन्ने निर्णय लिनेछ ।

निमित्त कार्यकारी निर्देशक पौडेलका अनुसार अहिलेसम्म शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्योरेन्स, प्रिमियर इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मात्रै चुक्ता पु“जी १ अर्ब रुपिया“ पु¥याएका छन् । तोकिए बमोजिमको चुक्ता पु“जी नपु¥याउने निर्जीवन बीमा कम्पनीहरुमा युनाइटेड, एनएलजी, प्रभु, लगायतका रहेको निमित्त कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो ।