ट्रयाकिङका विरुद्ध ट्रक ग्यारेजमा थन्काइए


यमलाल भुसाल, बुटवल ।
ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा अनलाइनमार्फत निगरानी गरेपछि मुलुकभरका ट्रान्सपोर्ट बन्द भएका छन् भने मालबहाक ट्रक ग्यारेजमा थन्काएका छन् ।

सरकारले बजेटमार्फत ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धिकर (भ्याट) तथा मालबहाक ट्रकलाई अनलाइनमार्फत निगरानी गर्ने नीति ल्याएको र उक्त नीति बुधवारदेखि लागू गर्ने घोषणा अव्यवहारिक भएको भन्दै सो नीति नसच्याएसम्म मालबहाक सवारी साधन र ट्रान्सपोर्ट सञ्चालन गर्न नसकिने भन्दै व्यवसायीले स्वतस्र्फुत रुपमा बन्द गरेका छन् ।

यसअघि नै ट्रक व्यवसायी तथा ढुवानी व्यवसायीले ढुवानीमा भ्याट र अनलाइन प्रणालीमार्फतको निगरानी तुरुन्त सच्चाउन सरकारस“ग माग गर्दै नसच्चाए साउन १ गतेदेखि सवारी साधन घर ग्यारेजमा थन्काउने र व्यवसाय बन्द गर्ने उद्घोष गरेका थिए । सरकारले लागू गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी व्यवसायी नै चौपट हुने र व्यवसाय सञ्चालन गर्न नसकिने निश्कर्ष निकालेका छन ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एकतर्फी रुपमा यो नीति लाद्न खोजको र व्यवहारिक नभएकाले तत्काल सच्चाउन माग गर्नुभयो ।

अनलाइन प्रणालीमार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सूचना प्रविधि, दक्ष जनशक्ति अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागू गर्न कठिन भएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।

महासघंका प्रदेश ५ संयोजक यमप्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक व्यवसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एकपछि अर्को गरी अव्यवाहारिक नीति ल्याउ“दा व्यवसायी समस्यामा पर्ने गरेको बताउ“दै व्यवसायीले व्यवसाय सञ्चालन गर्न नसक्ने भएर आफैं सवारी साधन घर ग्यारेजमा थन्काएको बताउनुभयोे ।

ढुवानी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कमल घिमिरेले सरकारले ल्याएको नीतिअनुसार व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै व्यवसायीले माल बुकिङ, ढुवानी नगरी पसल बन्द गरेको बताउनुभयो ।