ल्यान्डलाइन र पोेष्टपेडको जडान शुल्क घट्यो


काठमाडौं, (नेस) ।
आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्कवापत पा“च सय रुपिया“मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउ“दै आएको स्थानीय टेलिफोन तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको छ ।

जसअनुसार अब १ हजार ६ सय ३५ रुपिया“मा स्थानीय टेलिफोन र ९ सय ४५ रुपिया“मा पोष्टपेड मोबाइल लिन सकिनेछ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

उक्त विधेयकको कार्यान्वयनस“गै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपिया“ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपिया“ शुल्क बुझाउनु पर्दथ्यो भने बुधबारदेखि जम्मा ६ सय ७८ रुपिया“ मात्र भुक्तानी गर्नु पर्दछ । यो परिमार्जित शुल्क साउन १ गतेदेखि नै लागू भएको टेलिकमले जनाएको छ ।