मुलुकभर भीसीटीएसको शुभारम्भ


काठमाडौ, (नेस) ।

बुधवारबाट सञ्चालनमा कार्यान्वयनमा ‘भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस) लाई चरणबद्ध रूपमा लागू गर्न व्यवसायीले माग गरेका छन् । आन्तरिक गृहकार्य बिना कार्यान्वयनमा विभिन्न कठिनाई रहेकाले चरण–चरण गरेर यसको कार्यान्वयन गर्न माग गरेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले भीसीटीएस प्रणालीको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा सहभागी व्यवसायीले प्रविधिको पहु“च, विषय वस्तुका बारेमा पर्याप्त जानकारी बिना यो प्रणाली लागू गर्दा समस्या आउने बताएका छन् । पहिले भन्सार विन्दु र उद्योगबाट लागू गर्दै अन्यत्र लागू गर्दै जानुपर्ने सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले यो प्रणाली ठीक भए पनि व्यवसायीलाई अभ्यस्त बनाएर मात्रै लागू गर्दा प्रभावकारी हुने बताउनुभयो ।

उहा“ले प्रयोगको क्रममा कारबाहीको कुरा सान्दर्भिक नभएको बताउ“दै देशै भरीका व्यवसायीलाई यस विषयको बारेमा जानकारी दिएरमात्र पूर्ण रुपमा लागू गर्न आग्रह गर्नुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष मोरले सेवाग्राहीको क्षमता अभिवृद्धि बिना यसको कार्यान्वयनमा चुनौती रहेको उललेख गर्दै यसको कार्यान्वयनको लागि सहजीकरण अपरिहार्य रहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष कमलेश अग्रवालले साना व्यवसायी तथा स्थानीय ढुवानीकर्ताको हकमा यो व्यवहारिक नभएको बताउ“दै यसलाई चरणबद्ध रुपमा लागू गर्नुपर्ने बताउनुभयो । सरकारले राजस्व चुहावट (अनुसन्धान तथा नियनत्रण) ऐन २०५२ अनुसार यो प्रणाली लागू गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले उक्त नया“ प्रविधि भएकाले केही असहजता भए पनि, अवैध व्यापार, राजस्व छल्ने प्रवृत्तिको अन्त्य हुुनुको साथै वैध व्यापार र राजस्व संकलन दुवै वृद्धि हुने बताउनुभयो ।