टेलर सबैभन्दा बढी कमाउने कलाकार

0
Shares

हलिउड गायिका टेलर स्विफ्ट संसारकै धेरै कमाउने सेलिब्रेटी साबित भएकी छिन्। फोब्र्सले जारी गरेको यस वर्ष विश्वकै धेरै कमाउने सेलिब्रेटीको सँचीमा उनी शीर्षस्थानमा परेकी हुन्।

२९ वर्षीया टेलरले सन् २०१८ को शुरूदेखि २०१८ को बीचमा १ सय ८५ मिलियन डलर कमाइ गरेकी छिन्। फोब्र्सले सार्वजनिक गरेको रिपोर्टअनुसार उनले २०१८ मा गरेको रेप्युटेसन स्टेडियम टुरबाट आर्जन गरेको सम्पत्तिका कारण उनी पहिलो स्थान हासिल गर्न सफल भएकी हुन्। उक्त टुरलाई फोब्र्सले अमेरिकाको इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने भ्रमणको संज्ञा दिएको छ।

गत वर्ष यो सँचीको पहिलो नम्बरमा रहेकी मोडल काइली जेनर भने यो वर्ष दोस्रो नम्बरमा झरेकी छिन्। उनको एक वर्षको कमाइ १ सय ७० मिलियन डलर रहेको छ। काइली सबैभन्दा कम उमेरमा आफ्नै मेहनतमा बिलेनियर बन्न सफल व्यक्तिको सँचीमा पनि रहेकी छिन्। त्यसै गरी तेस्रो स्थानमा कान्ये वेस्ट, चौथोमा लियोनल मेस्सी र पाँचौं नम्बरमा भने इद सेरिन रहेका छन्।