प्रदेश ५ टिम च्याम्पियन


काठमाडौं, (नेस) ।
प्रदेश ५ ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा १३ स्वर्णसाथ प्रदेश १ दोश्रो तथा १२ स्वर्णसाथ सुदूरपश्चिम तेश्रो भए ।

प्रतियोगितामा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बने । चारै कीर्तिमान प्रदेश ५ का खेलाडीले रचेका हुन् । छात्रको ४ गुणा ४ सय मिटर रिलेमा सिमान पाण्डे, लेखनाथ महर, वेदबहादुर ओली र श्रवन केवतले कीर्तिमान बनाए ।

साेही स्पर्धाको छात्रामा अरुणा रिजाल, पुर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले कीर्तिमान रचे । त्यस्तै छात्राको सटपुटमा संगीता अधिकारी तथा ४ सय मिटर दौडमा अरुणा रिजालले कीर्तिमान स्थापित गरे । प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरियो ।