देशभर सानो मन

0
Shares

प्रेमकथामा आधारित फिल्म सानो मन आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ। नायक नायिका आयुष्मान देशराज जोशी र शिल्पा मास्केको प्रमुख भूमिका रहेको फिल्म ७० हलबाट रिलिजमा आउन लागेको हो।

फिल्ममा आयुष्मान र शिल्पाका साथमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट, देवकुमार श्रेष्ठलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्। सुयोग गुरुङद्वारा निर्देशित फिल्म ओपिजी फिल्म्स, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरद्वारा निर्मित फिल्ममा समीर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन, आलोक शुक्लाको छायांकन तथा सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको छ।