एउटा विरुवा हुर्काए बापत नागरीकको हातमा २० रुपैँया

0
Shares

सरिता चलाउने, सल्यान ।एक बर्ष पहिले सल्यानको शारदा नगरपालीकाले एक बिरुवा हुर्काए बाफत २० रुपैया दिने गरी प्रत्येक वडाहरुमा करिब २४ हजार बिरुवा बितरण गर्यो ।

एक विरुवा हुर्काए बाफत २० रुपैया दिने गरी फलफुल र अन्य जातका गरी नगरका १५ वटै वडाहरुमा विरुवा बितरण गरेको थियो । नागरीकहरु पनि २० रुपैया पाउने आशाले घर घरमा फलफुलका बिरुवा रोप्न थाले । अहिले एक बर्ष पुगेपछि नागरीकहरुले प्रत्येक विरुवाको २० रुपैया पाएका छन । प्रत्येक घरमा अनुगमन गरी शारदा नगरपालीकाले २० रुपैया दिन थालेको हो ।

विरुवा हुर्काए वाफत पैसा पाउदा नागरीकहरु पनि खुसि भएका छन । “एक बिरुवा, बीस रुपैया” अभियानको घरघरमै पुगेर नगरप्रमुखले विरुवा हेरेर २० रुपैया दिन सुरुवात गर्नुभएको छ । नगरको वडा नम्बर ३ बाट यो अभियानको सुरुवात गर्नुभएको छ । जनताको घर घरमा पुगेर उहाँले कृषकहरुको हात हातमै २० रुपैया प्रदान गर्नुभयो ।

गत वर्षको असारमा नगरका १५ वटै वडामा बिरुवा निशुल्क बितरण गरेर बिरुवा उमार्ने नगरवासी लाई प्रती बिरुवा २० रुपैया अनुदान दिने शानपाले घोषणा गरेसगै अभियानको सुरुवात गर्दै जानु भएको छ । हरियाली युक्त नगर र स्वच्छ जीवनस्तर वनाउने उदेश्यका साथ अनुदानको व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

उहाँले वातावरणको बिनासले मानविय सङ्कट उत्पन्न भैरहेको भन्दै वातावरणको रक्षा गर्ने अभियान स्वरुप बिरुवा उमार्ने नगरवासी लाई प्रोत्साहनका लागि अनुदानको ब्यवस्था गरिएको स्पस्ट पार्नुभयो । प्रत्येक नगरवासिले आफ्नो जन्मदिन पारेर कम्तिमा एउटा बिरुवा रोप्न अनुरोध गर्दै अधिकारिले भौतिक बिकास मात्र नभएर मानबिय बिकास पनि नगरको लक्ष रहेको बताउनु भयो ।

नगर कृषि कार्यालयका अनुसार गतबर्ष वितरण बिरुवा मध्य ३ हजार बढी बिरुवा हुर्किएको तथ्याङ्क छ । १५ वटै वडा बाट लिइएको तथ्याङ्क अनुसार बिरुवा हुर्काउने नगरवासी लाई सम्वन्धित वडा बाटै अनुदान उपलब्ध गराइने नगरले जनाएको छ ।

अहिले शारदा नगरपालीका भित्रका प्रत्येक घर घरकामा गमलामा फुलका बोट देखिने गरेका छन । जसले गर्दा नगर नै सुन्दर हुने देखिएको छ ।