वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन एक पटक भारतलाई निसाना बनाउँदै अमेरिकी उत्पादनमाथि भारतका तर्फबाट लगाइएको उच्च अतिरिक्त कर स्विकार्य नहुने बताएका छन् ।
यदि भारतले उक्त कर नहटाएमा उनको भावी कदम के हुन्छ भन्ने विषयमा ट्रम्पले जानकारी दिएको छैन । ट्रम्पले ट्विट मार्फत भारत विरुद्ध आगामी दिनमा कडा कदम उठाउन सक्ने प्रष्ट पारेको आशंका गरिएको छ ।
ट्रम्पले ट्विटमा भनेका छन्– भारत लामो समयदेखि अमेरिकी उत्पादनमा कर लगाउँदै आइरहेको छ । अब यसलाई सहने छैन ।
गत जुन महिनाको शुरुआतमा जी–२०को बैठकबाट ठीक अगाडी अमेरिकी राष्ट्रपतिले ट्विटमा भनेका थिए– भारतले २८ अमेरिकी उत्पादनबाट कर फिर्ता लिउन ।
त्यतिबेला प्रधानमन्त्री मोदी जी २० को बैठकमा सहभागी हुन जापानको ओसाका सहरमा थिए र त्यहाँ ती दुई नेताबीच भेटवार्ता पनि भएको थियो । बर्षौं देखि अमेरिकी उत्पादनहरुमाथि भारतिय बजारमा कर उच्च कर लिइरहेको र हालै मात्र पनि कर बढाएको उल्लेख गदै ट्रम्पले त्यसलाई पुर्ण रुपमा अस्विकार्य भएको बताए ।
गत जुन १ देखि अमेरिकाले भारतसँगको ब्यापारमा विशेष छुटको प्रावधान फिर्ता लिएपछि भारतले पनि आफनो बजारमा २८ अमेरिकी सामानहरुमाथि कर लगाउन थालेको थियो । ट्रम्पका अनुसार भारतलाई दिँइरहेको विशेष दर्जाका कारण उसले ५ अर्ब ६० करोड डलरको सामानमा बिना कर अमेरिकी बजारमा बेचिरहेको थियो ।
अमेरिकाको ब्यापारघाटा कम गर्न ट्रम्पले यसप्रकारको फैसला कयौं देश विरुद्ध लिएको हो । ट्रम्प ‘अमेरिका फस्र्ट‘को नितिमा काम गरिरहेको छ ।
प्रतिक्रिया