जोकोभिच सेमिफाइनलमा


लन्डन, (एजेन्सी) ।
डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले बेल्जियमका डेविड गोफिनलाई हराउँदै विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको क्वार्टरफाइनल खेलमा सर्बियाली खेलाडीले गोफिनलाई ६–४, ६–०, ६–२ ले हराएका हुन् ।

उनले सो खेल १ घण्टा ५७ मिनेटमा जितेका थिए । जोकोभिचको सेमिफाइनलमा सामना स्पेनका रोबेर्टो बाउटिस्टा अगटसँग हुनेछ । जोकोभिचले १५ ग्रान्डस्लाम जितिसकेका छन् भने विम्बल्डनमा छैटो उपाधि जित्न अग्रसर छन् ।

अर्को क्वार्टरफाइनल खेलमा अगटले अर्जेन्टिनाका गुइडो पेल्लालाई चार सेटमा पराजित गरेका हुन् । उनले सो खेल ७–५, ६–४, ३–६, ६–३ ले जितेका हुन् । उनले मार्चमा भएको मायामी ओपनमा विश्व नम्बर एक जोकोभिचलाई हराइसकेका छन् । उनको यो पहिलो ग्रान्डस्लाम सेमिफाइनल पनि हो । यसअघि उनी ग्रान्डस्लामअन्तर्गत यसै वर्षको अस्टे«लियन ओपनको क्वार्टरफाइनलमा पुगेका थिए ।