एकल साँझमा सम्मान र सहयोग


बादलुको घुम्टोले इलाम बजार छोपिँदाजस्तो गीतका गीतकार बुद्धवीर लामाको नवौं एकल सांगीतिक साँझ राजधानीमा सम्पन्न भएको छ। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एकल साँझमा विभिन्न गायक गायिकाले गीतकार लामाद्वारा रचित करिब एक दर्जन गीत प्रत्यक्ष गाएर सुनाए।

कार्यक्रममा चन्द्रकुमार दोङले नौ महिना कोखमा, सत्यकला राईले आइडी कार्डैले, मनोज राईले बिनायो, शम्भु राईले चलेछ बतास सुस्तरी बोलको गीत गाएर सुनाएका थिए भने कुन्ती मोक्तान, रमेश बोखिम राई, नारायण लामा, प्रमिला लामालगायतले लामाद्वारा रचित नयाँ गीतहरू प्रस्तुत गरेका थिए। गणेश इसारले हास्यव्याङ्ग्यमार्फत दर्शक हँसाएको कार्यक्रममा ब्लुरेन इन्टरनेसनल स्कुल, पुजना लोहागन, महेन्द्र पुलिस क्लबका तर्फबाट आकर्षक नृत्य प्रस्तुत गरिएको थियो।

आफ्नो लोकप्रिय गीत सुन्न चाहने गीत संगीत प्रेमीको चाहना पँरा गर्न आफँले ९ वर्षदेखि एकल साँझलाई निरन्तरता दिँदै आएको गीतकार लामाले बताए। नियमित एकल साँझ गर्ने गीतकार आफँ नै पहिलो भएको उनले बताए। दर्जनौं चर्चित गीतका यी गीतकार आगामी २७ गते छिन्नलता पुरस्कारबाट पनि सम्मानित हुँदै छन्।

कार्यक्रममा विभिन्न व्यक्तिलाई ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो। पँर्वप्रधामन्त्री झलनाथ खनालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा मनोजकुमार राईलाई नेपाली संगीत विशिष्ट सम्मान २०७६ बाट सम्मानित गरियो। त्यसै गरी मधुकर लोहनी, किरण मोक्तान, इजाज अलि, अनुपमा प्रधान, इन्द्र खरेललाई अन्तर्राष्ट्रिय संगीत साधना सम्मान २०७६ बाट सम्मानित गरियो। त्यसै गरी देउडा गायक नन्दकृष्ण जोशी र नियात्राकार प्रतीक ढकाललाई साहित्य संगीत सम्मान २०७६ प्रदान गरियो।

प्रत्येक वर्ष एकल साँझमा एक एल्बम सार्वजनिक तथा अनाथ, रोगी र वृद्धाश्रमलाई सहयोग गर्दै आएका गीतकार लामाले यस वर्ष सफलता एचआईभी शिक्षासदन स्कुल कीर्तिपुर र बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेसन जोरपाटी अत्तरखेललाई नगद २५ हजार १ सय १ रुपियाँ र बैकुण्ठ मानन्धरलाई ५१ हजार १ सय १ रुपियाँ सहयोग गरेका छन्। कार्यक्रममा गीतकार लामाका शब्द तथा नारायण लामा र प्रमिला लामाको स्वर रहेको कागको फुल चोर्ने र रमेश बोखिम राईको स्वर संगीत रहेको मैच्याङ नामका दुई एल्बमसमेत विमोचन गरिएको थियो।