कन्काई नदीको बहाव बढ्यो !


काठमाडाैं ।  नेपालको पूर्व भागमा अहिले वर्षा भइरहेको छ । पूर्वको झापा इलाम, सोक्तिम, कन्याम, जितपुर लगायत अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ ।

भारी वर्षासँगै कन्काई नदीको बहाव बढेको छ । झापाभई बग्ने मेची, विरिङ निन्दा र साना नदीहरुको बहाव बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थानभइ बग्ने नदीले क्षति पुर्याउन सक्ने भन्दै तटिय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।