प्रधानसेनापति अमेरिकातर्फ प्रस्थान

0
Shares

काठमाडौ (नेस) । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्मड फोर्सले असार २५ गत आयोजना गर्ने फष्ट ओमन पिस एण्ड सेक्युरिटी नेटवर्क र संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गर्ने तेस्रो चिफ अफ डिफेन्स कन्फरेन्समा सहभागी हुन ४ सदस्यीय भ्रमण दलका साथ अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । भ्रमणको दौरान उहाँले अमेरिकी सशस्त्र बलको दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा अमेरिकी सेना बीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।