माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु


बुद्ध नेपाली, सिन्धुली ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–६ आमपानी खोल्सीमा घर पोत्ने रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा माटोको ढिस्कोले पुरिएर एकजना युवतीको मृत्यु भएको छ ।

अरु तीनजना घाइते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भिर छ । ढिस्कोले पुरिएर सुनकोसी गाउँपालिका–६ माख्लोटोलका २४ वर्षीया शर्मीला रम्तेलको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा सोही ठाउँ बस्ने ३५ वर्षीया विमला रम्तेल, १८ वर्षीय बलराम रम्तेल र ५० वर्षीया सुकमाया रम्तेल घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिए ।

घाइतेमध्ये विमला रम्तेलको अवस्था गम्भीर रहेको प्रहरी उपरिक्षक सिँहले जानकारी दिए । उनका अनुसार अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई स्थानीयले उद्धार गरेर सुनकोसी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा पुर्याइएको थियो ।
मृतक रम्तेल लगाएत त्यस क्षेत्रका स्थानिय दलित परिवारका सदस्यहरुले जीवीका चलाउनका लागी बेशीको रातो माटोलाई लेकमा लगेर विक्री गर्ने गरेका छन् । बेशीको माटो महाभारत क्षेत्रका नागी, मझुवा तिर लगेर आलु लगाएतका तरकारी र अन्नपातसँग साट्ने गरेको स्थानिय प्रमोद दाहालले बताए ।