सप्तरीमा १४ वर्षिया बालिका बलात्कृत


शिवहरी प्रसाद भट्टराई, सप्तरी ।
सप्तरीमा एक १४ वर्षिया बालिकाको बलात्कार भएको छ । गत बुधवार मदिरा खुवाएर वलात्कार गरिएको घट्ना ढिलो गरी सार्वजनिक भएको हो ।

तिलाठि कोईलाडि गाउँपालिका ७ वभनगामा कट्टि स्थित लक्ष्मी वल्लभ नर्सिङ्ग मावीमा निर्माणाधिन भवनमा मजदुरी गर्ने वालिकाको बलात्कार भएको स्थानीय वताएका छन् । हालसम्म प्रहरीमा भने उजुरी पुगेको छैन ।

विद्यालयका कार्यालय सहयोगी शिवशंकर मण्डल र एक मजदुर घटनामा संलग्न भएको जनाईएको छ । उनीहरु दुबै जना फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

घटनाको विषयमा जानकारी आएपनि वालिकाकोतर्फवाट उजुरी नआएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले वताउनु भयो । वलात्कार वा वलात्कार उद्योग भन्ने विषय उजुरपछि अनुसन्धान हुने वहाँले वताउनु भयो ।

सोधपुछका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिनै महिलाले फकाएर वालिकालाई मजदुरीमा लगेको र जवरजस्ति मदिरा सेवन गराएको पीडित परिवारले वताएका छन् ।