कालिकोटका स्थानीय तहमा तालावन्दी


कालीवहादुर मल्ल, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार राती कालिकोट जिल्लाका पलाता, पचालझरना र सान्नीत्रिवेणी गाउपालिका कार्यालयमा तालावन्दी गरेका छन् ।

विप्लव नेकपाका कार्यकर्तामाथी प्रहरीले दमन गरेको, स्थानीय तहमा भ्रष्टाचार वढ्दै गएको, कर्मचारी नियुक्तिमा नातावाद हावि भएको, सहकारी मार्फत वित्तिय शोषण भएको र कर्मचारीबाट जनप्रतिनिधिले कमिसन खाएकाले स्थानीय तहमा ताला लगाउनु परेको विप्लव नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिपले वताउनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधिले मानोमानी गरेकाले अनिश्चितकालिन तालावन्दी गर्नु परेको सेक्रेटरी ऐडिको भनाइ छ ।

नरहरीनाथ गाउपालिकाका सवै वडाहरुमा तालवन्दी भएकले दैनिक कामकाजमा समस्या हुनसक्ने नरहरीनाथ गाउपालिका उपाध्यक्ष मनसोभा वुढाले वताउनुभयो ।

नौवटा स्थानीय तह ८२ वडा रहेको यस जिल्लाकमा नरहीनाथ शुभकालिका गाउँपालकाका वडाहरुमा ताला लगाइएको स्थानीय वरुण सेजुवालले वताउनुभएको छ ।

घटनाका वारेमा कालिकोटका प्रहरी प्रमुख डिएसपी विनोद शर्माले कतैपनि तालावन्दी नभएको प्रतिक्रिया दिनुभएको छ ।