मूर्तिकाण्डः धरौटीमा छुटेका तीन जना पुनः पक्राउ

0
Shares

डोल्पा ।
शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित राहप गुम्बाबाट मूर्ति चोरीको आरोपमा पक्राउ परी धरौटीमा छुटेका तीन जनालाई प्रहरीले आज पुनः पक्राउ गरेको छ ।

पुनरावेदन अदालत जुम्लाले मुद्दा उल्ट्याएपछि उनीहरुलाई पुनः पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष ४५ वर्षीय मलामटासी गुरुङ, वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय कार्मा गुरुङ र वडा नं १ का ३९ वर्षीय झ्याम्पाछुल्डिम लामा रहेको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभयो । उनीहरुलाई यसअघि पक्राउ गरेर धरौटीमा रिहा गरिएको थियो । आरोपीत तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको विष्टले बताउनुभयो ।
रासस