राजधानीमा ट्याक्सीद्वारा स्कुटरलाई ठक्कर, ट्याक्सी चालक फरार


काठमाडौं ।
बबरमहलमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भउको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा सवार ओखलढुंगा सुनकोशी गाउँपालिका– ८ का १९ वर्षीय दीपक थापा रहेका छन् ।

घाइते हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरी हरेका छन् ।उनको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ ।

बा२ज ११८८ नम्बरको ट्याक्सीले बा८३प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि फरार ट्याक्सी चालकको खोजी भइरहेको छ ।