आँधीखोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु


स्याङ्जा । आँधीखोलामा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार गल्याङ नगरपालिका– ११, मुडकिल्लाका नेत्रलाल भट्टराईका ८ वर्षीय छोरा सुजन भट्टराईको मृत्यु भएको हो ।

सुजनको लाश शनिबार बिहान आँधिखोला जल विद्युत केन्द्रको ड्याम साइटमा मृत अवस्थामा फेला परेको थियो । शुक्रबार परीक्षा दिएर घरमा आएपछि दिउँसो २ बजेदेखि बालक बेपत्ता भएको भनी परिवारले प्रहरी चौकी गल्याङ्मा उजुरी दिएलगत्तै प्रहरी टोली खोजीमा खटिएको हो ।

बालकको शवलाई पोष्टपार्टमाको लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।