लाङटाङ रानिमा पाँच दुर्लभ रेडपाण्डा भेटिए


रसुवा ।
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र चारि सिकार नियन्त्रण समुहले अनुगमनका क्रममा पाँच दुर्लभ जन्तु रेडपान्डा फेला परेको छ । ठुलो स्याफ्रुक्षेत्रको गुम्चे, पोलाङपाटि र ढोकाचेत खर्क मा पाँच ओटा रेडपान्डा चरिरहेको भेटिएको हो ।

समयमा अनुगमन तथा गस्ती जाने कर्मचारि, चारिसिकार समुहका पदाधिकारि र सुरक्षा कर्मि हरूले फान्टफुन्ट रेडपान्डा देखा पर्ने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी शिव गैरेले बताउनुभयो । उहाँका अनुसार केही दिन अगाडि उक्त क्षेत्रमा पाँच ओटा रेडपान्डा भेटिएको पहिलो पटक हो ।

सन् १९८७ मा प्नल्हाद योज्जनले पहिलो पटक रेडपाण्डा को अवस्थाबारे यस निकुञ्जको पोलाङपाटिमा अनुसन्धान गरेका थिए । अहिले नादाङचे चोरिसिकार नियन्त्रण समुहले घनाजङ्गल रहेको पोलाङपाटि क्षेत्रमा आराम गरिरहेको अवस्था मा भेटेका हुन् ।

भौगोलिक विकटताका कारण रेडपान्डाको वास्तविक गणना गरि संख्या पत्ता लगाउन कठिन हुन्छ । गोसाईकुन्ड गाउँपालिका – ५ ठुलोस्याफ्रुको चोलाङपाटि, गुप्चे, पोलाङपाटि र ढोकाचेत खर्क रेडपान्डाको मुख्य बासस्थान क्षेत्र रहेको छ । ८ देखि १० वर्ष सम्मको आयु हुने लजालु स्वभाव भएको रेडपान्डा हाब्रे विश्व भर नै लोपोन्मुख अवस्थामा रहेको छ ।

नेपाल, भारत, चिन, वर्मा र भुटानमा मात्र पाईने यो जनावर नेपालका नौ वटा संरक्षित क्षेत्रहरूमा पाईन्छन् । दुई हजार आठ सय मिटर देखि ३ हजार ६ सय मिटर उचाईमा पाईने रेडपान्डा को मुख्य आहारा भनेको निगालोको टुसा हो ।