सुन्दरबजारको ५४ करोड, मस्र्याङदीको ४७ करोड बजेट


नेपाल समाचारपत्र, लमजुङ
जिल्लाको सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५४ करोडको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका मेयर जनकराज मिश्रले नगरसभामा नगरको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नु भएको हो ।

नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्दै कुल बजेट ५४ करोडको बजेट ३१ लाख २१ हजार रुपिया“ भएको मेयर मिश्रले बताउनुभयो । उहा“का अनुसार चालू आवको बजेट ३९ करोड र पु“जीगत बजेट १५ करोड ३१ लाख २१ हजार रुपिया“ रहेको छ । सुन्दरबजार नगरपालिकाका लागि संघीय सरकारले वित्तीय समानिकरण अनुदान १० करोड ६८ लाख रुपिया“ प्राप्त हुने, गण्डकी प्रदेश समानिकरण अनुदान १ करोड २३ लाख ४६ हजार, संघ सरकार राजस्व ७ करोड २५ लाख , गण्डकी प्रदेश राजस्व ३९ लाख ७५ हजार रुपिया“ प्राप्त हुने र नगरपालिकाको आन्तरिक आम्दानी ९० लाख रुपिया“ हुने मेयर मिश्रले बताउनुभयो ।

प्रदेश सरकार समपुरक अनुदान ५० लाख अन्य मालपोत रजिस्ट्रेसन कृषि पशुपालन १ करोड, सडक बोर्ड ३५ लाख, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ५० लाख, सामाजिक सुरक्षा ७ करोड ५० लाख, संघ सरकार सशर्त अनुदान २ करोड २६ लाख रुपिया“ विनियोजन गरेको छ । त्यस्तै नगरपालिकाले कृषि तथा पशु विकास कार्यक्रममा एक करोड ५० लाख, पर्यटनमा २२ लाख घरेलुु तथा स्वरोजगारमा १० लाख, भवनमा एक करोड ७५ लाख, सहकारीतर्फ एक लाख, शिक्षा क्षेत्रका लागि ४० लाख, राजस्व सुधार कार्यक्रम एक लाख विनियोजन गरेको बताउनुभयो ।

त्यस्तै खेलकुदतर्फ १० लाख, स्वास्थ्यमा २० लाख, खानेपानी सरसफाईतर्फ ५० लाख, कला संस्कृति क्षेत्रमा तीन लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमका लागि २० लाख रुपिया“ प्रक्षेपण गरेको मेयर मिश्रले जानकारी दिनुभयो ।

उहा“का अनुसार लागत सहभागितामा आधारित नगर पूर्वाधार ५० लाख, अन्य पूर्वाधारका योजनाहरूमा एक करोड २० लाख, मर्मत सम्भार ३० लाख, वातावरण तथा विपद् व्यवस्थापन ११ लाख, संस्थागत विकास सेवा प्रवाह र क्षमता विकास १० लाख, वडागत योजना ६ करोड ५ लाख, साना पूर्वाधार योजना ४४ लाख, फर्निचर खरिदका लागि १० लाख बजेट छुट्याइएको छ ।
प्रस्तुत नगरपालिकाको नीति तथा कार्यक्रम नगरबासी हामी सबै मिलेर सफल कार्यान्वयनमा जुट्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण पाण्डेले बताउनुभयो ।

उहा“का अनुसार नीति तथा कार्यक्रममा समावेश गरिएको गण्डकी प्रदेश सरकारले सुन्दरबजार नगपालिकाभित्र उद्योग ग्राम स्थापना गर्न प्रारम्भिक अध्ययन गरेको छ । त्यसको लागि आवश्यक जमिन नगरपालिकाले उपलब्ध गराउन पहल गर्ने, पर्यटन प्रवद्र्धनका लागि सम्भावना भएका बस्तीहरूको पहिचान गरी होमस्टे कार्यक्रम कार्यान्वयन पहल गर्ने पाण्डेले बताउनु भएको छ ।

नगरपालिकाको नीति र कार्यक्रममा बिषय वस्तु अत्यन्तै महŒवपूर्ण भएको भन्दै सुन्दरबजार चेम्बर अफ कमर्सले स्वागत गरेको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहा“का अनुसार सुन्दरबजार नगरपालिका– २ स्थित परेवाडा“डामा विभिन्न उद्योग स्थापनाको लागि सुन्दरबजार नगरपालिकाको नीति तथा कार्यक्रम आउनु अत्यन्तै खुशीको कुरा हो । अब यसको कार्यान्वयनमा सबै नगरबासी लाग्नुपर्छ श्रेष्ठले बताउनुभयो

त्यस्तै मस्र्याङदी गाउ“पालिकाले ४७ करोड रुपिया“बराबरको बजेट ल्याएको छ । गाउ“पालिकाको पा“चौ गाउ“सभामा सो बजेट पेस भएको हो । सभामा गाउ“पलिकाका उपाध्यक्ष होमबहादुर विश्वकर्माले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६÷०७७ का लागि ४७ करोड ५ लाख ८४ हजार ४ सय ४४ रुपिया“को बजेट सर्वसम्मत पारित गरेको छ ।

प्रस्तुत बजेटको विवरण अनुसार गाउ“पालिकाले सशर्त अनुदान १५ करोड ९६ लाख, सामाजिक सुरक्षातर्फ ६ करोड, अन्य सार्वजनिक निर्माणमा ३ करोड १ लाख ७८ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ ५० लाख बजेट रहेको उपाध्यक्ष विश्वकर्माले बताउनुभयो । उहा“का अनुसार वडागततर्फ पु“जीगत खर्च ४९ लाख र चालूतर्फ ५ करोड ४८ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै मस्र्याङदी गाउ“पालिकाका अध्यक्ष अर्जुन गुरुङले बजेटमा सडक, खानेपानी, सि“चाइ, भवनलगायत पूर्वाधार विकासलाई पहिलो प्रथामिकता दिई आर्थिक वर्ष २०७६÷०७७ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको बताउनु भएको छ ।