उत्तम नेपाल, भद्रपुर
आगामी आर्थिक वर्षका लागि झापाका १५ वटै स्थानीय तहले मंगलबार बजेटस“गै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान गरेअनुसार चालू वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउ“ वा नगरसभामा पेस गर्नुपर्ने प्रावधान छ ।
मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा १ अर्ब ३४ करोड ३९ लाख रुपिया“बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
कनकाई नगरपालिकाले ६३ करोड को वजेट नगरसभामा अनुमोदनका लागि पेस गरेको छ । यस्तै विर्तामोड नगरपालिकाले ९३ करोड ३३ लाख ४६ हजार, भद्रपुर नगरपालिकाले ७१ करोड ४१ लाख ९५ हजार, अर्जुनधारा नगरपालिकाले एक अर्ब ५ करोड ९० लाख ३० हजार, शिवसताक्षी नगरपालिकाले ८७ करोड ५४ लाख, गौरादह नगरपालिकाले ८५ करोड ४६ लाख ७२ हजार, दमक नगरपालिकाले एक अर्ब ४५ करोड ४१ लाख ३५ हजार रकम बराबरको बजेट सार्वजनिक गरेका छन् ।
त्यस्तै गौरीगन्ज गाउ“पालिकाले ३४ करोड ९३ लाख ५३ हजार, बाह्रदशी गाउ“पालिकाले १३ करोड, झापा गाउ“पालिकाले ६० करोड, कमल गाउ“पालिकाले ६१ करोड ७९ लाख ९२ हजार रुपिया“ बराबरको बजेट पेस गरेका छन । यस्तै कचनकवल गाउ“पालिकाले ४४ करोड १० लाख, बुद्धशान्ति गाउ“पालिकाले २८ करोड १ लाख रुपिया“ र हल्दीबारी गाउ“पालिकाले २४ करोड ७७ लाखको बजेट नीति तथा कार्यक्रम पेश गरेको छ ।











प्रतिक्रिया