गाउँपालिकाको बजेट रोकेर छोरीको विवाह


नेपाल समाचारपत्र, हेटौंडा
संवैधानिक प्रावधानअनुसार असार १० गते स्थानीय तहले बजेट ल्याउने व्यवस्था छ । तर, मकवानपुुरका १० स्थानीय तहमध्ये ६ वटाले मात्र समयमा नीति कार्यक्रम तथा बजेट ल्याए ।

चार स्थानीय तहले विभिन्न कारण देखाउ“दै समयमा नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेनन् । ती गाउ“पालिकामा कैलाश, भीमफेदी, बकैया र बागमती छन् ।

बकैयालाई असार १० गते मंगलबार बन्दको प्रभाव प¥यो । बन्द प्रभावका कारण त्यस दिन बजेट ल्याउन नसकिएको गाउ“पालिका उपप्रमुख सरला बोलखेले बताउनुभयो । उक्त दिन नभ्याइए पनि बुधबार ल्याउने समय हु“दाह“ुदै गाउ“पालिका प्रमुख दामोदर खनालकी छोरीको विवाहका कारण बजेट कार्यक्रम रोकिएको बोलखेले बताउनुभयो । बिहीबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको उहा“ले जनाउनुभयो ।

कैलाशमा वडा अध्यक्षहरुको बहिष्कारले आउन नसकेको प्रतिक्रिया दिएका छन् । नियमित मासिक बैठक तथा कार्यपालिका बैठक नै वडा अध्यक्षहरुले बहिष्कार गरेपछि कैलाशले बजेट ल्याउन नसकेको हो ।

तोकिएको समयमा बैठक शुरु नगरेको र एजेन्डाका विषयमा जानकारी नदिएको भन्दै वडा अध्यक्षहरुले ६ गतेको बैठक बहिष्कार गरेका थिए । त्यसपश्चात् गाउ“पालिका अध्यक्ष टंक मोक्तानले बैठक डाक्न सक्नुभएको छैन ।

गाउ“पालिका अध्यक्षले कार्यपालिकाको बैठक राख्न नसकेकाले बजेट ल्याउन नसकेको वडा अध्यक्षहरुको दाबी छ । गाउ“सभाका विषयमा सल्लाह नै नगरेको वडा अध्यक्षहरुले गुनासो गरे । गाउ“पालिका अध्यक्ष मोक्तानले भने वडा अध्यक्षहरुलाई नै दोष दिनुभएको छ । राजस्व परामर्श समितिको बैठकमा वडा अध्यक्षहरुले राजस्वका विषयमा तथ्यांक नल्याएकाले समस्या भएको बताउ“दै आएका हुन् ।

भीमफेदीले बुधबार बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि ५२ करोड ९८ लाख ५४ हजार बजेट ल्याइएको छ । बजेटमा सामाजिक विकास, आर्थिक विकास, विकासका पूर्वाधारहरु र विपद् व्यवस्थापनलाई जोड दिएको गाउ“पालिका प्रमुख हिदम लामाले बताउनुभयो ।

लामाले मंगलबार विप्लवको बन्द प्रभावका कारण समयमै बजेट ल्याउन नसकेको दुःखेसो गर्नुभयो । वडा अध्यक्षहरु टाढादेखि आउनुपर्ने भएका कारण त्यस दिन बजेट ल्याउन कार्य रोकिएको लामाले बताउनुभयो ।
बागमती गाउ“पालिकाले भने बिहीबार बजेट ल्याउने तयारी गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण अर्यालले बुधबार रातिसम्म पनि केकति बजेट ल्याउने भन्ने कुराको टुुंगो लगाउन नसकिएको बताउनुभयो । वडाबाट आउनुपर्ने योजना ढिला आइपुगेका कारण समयमै बजेट प्रस्तुत गर्न नसकिएको अर्यालले स्वीकार गर्नुभयो ।