सरस्वती र लक्ष्मीपुरलाई उपाधि


काठमाडौं, (नेस)
सरस्वती र लक्ष्मीपुर स्कुलले टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत रग्वी खेलको उपाधि जितेका छन् ।

भुतखेल मैदानमा बुधवार भएको पुरुषतर्फको फाईनल खेलमा सरस्वतीले ओडिसीलाई १–० को स्कोरमा हरायो । सरस्वतीको जितमा विराज राईले १ ट्राई गरेका थिए ।

महिलातर्फको खेलममा निधारित समयमा कुनै स्कोर हुन नसके पछि बल ट्रपका आधारमा लक्ष्मीपुरले प्यारामाउण्डलाई पराजित गदै उपाधि चुम्यो । तेश्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ लक्ष्मीपुर र महिलातर्फ सरस्वतीले बाजि मारे ।