एनआईसी एसियामा खोलेको डिम्याट नवीकरण गर्दा ई–सेवामार्फत भुक्तानी गर्न सकिने

0
Shares

एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया बैंकमार्फत हितग्राही खाता खोली कारोबार गर्दै आएका खाताधारकहरूको हितग्राही खाता तथा मेरो शेयरको वार्षिक नवीकरण शुल्क ई–सेवामार्फत भुक्तानी गर्न सकिने भएको छ।

हाल एनआईसी एसिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गतको पहिलो योजना एनआईसी एसिया ग्रोथ फन्ड सञ्चालन गरिरहेको छ।