जनता आवास कार्यक्रममा ४ सय ७७ वटा घर निर्माण हुने

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर
झापाका १५ वटै स्थानीय तहमा एकसाथ जनता आवास कार्यक्रमका घर निर्माण हुने भएका छन्। संघीय सरकारले प्रदेश सरकारलाई जनता आवास कार्यक्रमका लागि दिएको सशर्त अनुदानबाट आइतबारदेखि घर निर्माण हुन लागेको हो।

एउटा घर निर्माणका लागि सरकारले ३ लाख ३२ हजार ५ सय दिएको छ। उक्त रकमबाट सरकारले १७ हजार ५ सय कर असुल्ने छ। निर्वाचित प्रदेश सांसदको संयोजकत्वमा सहायक प्रमुुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सदस्य रहेको घर निर्माण समितिको सदस्यसचिव शहरी विकास कार्यालयका प्रमुख रहने व्यवस्था छ।

२ कोठा १ भान्सा कोठासहित बरण्डा भएको घर निर्माण हने जनाइएको छ। आफंैले जोतभोग गरेको जग्गामा सरकारले जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माण गर्न लागेको हो। कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि झापाका १५ वटै स्थानीय तहमा दामासाहीले ५÷५ वटा घर निर्माण गर्ने जनाएको छ। योसँगै झापामा ४ सय ७७ घर निर्माण हुने भएको हो। झापामा असारभित्रै निर्माण सम्पन्न हुने गरी सरकारले जनता आवास कार्यक्रमको लागि १६ करोड ६९ लाख ५० हजार खर्च गर्नेछ।