पर्यटकीय राजधानी पोखरालाई स्मार्ट सिटी बनाइने

0
Shares

नेपाल समाचारपत्र, पोखरा
पोखरा महानगपालिकाको पाँचौं नगर सभा शुरू भएको छ। महानगरले सोही क्रममा नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको छ।
नीति तथा कार्यक्रममा अपेक्षित चक्रपथ भने समावेश गरिएको छैन। पोखरालाई पर्यटकीय राजधानी बनाउँदै स्मार्ट सिटी बनाउने परिकल्पना चलिरहँदा चक्रपथको योजना नपर्नु पोखरेलीको चासोको विषय बनेको छ। पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले नगरसभाका बीच नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

आर्थिक वर्ष २०७६÷०७७ को योजनामा पोखराको एक मात्र सभागृह समेत महŒवपूर्ण पूर्वाधारअन्र्तगत परेको छ। निकै जीर्ण अवस्थाबाट गुज्रिएको पोखरा सभागृह आर्थिक वर्ष २०७७÷०७८ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

सभा गृहको भवन डिजाइन कार्य अन्तिम चरणमा पुगेको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको लागि २ अर्ब ४३ करोड बजेटमा १ सय ४७ वटा योजना टेन्डर पक्रीयामा कार्य अघि बढेको छ। महानगरले पुर्वाधार, सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण स्थानीय कानुन निर्माण स्मार्ट सिटीलगायतको योजनालाई प्राथमिकतामा राखेको छ। जनताको चाहनाअनुरुप महानगरलाई समृद्ध बनाउन आफूहरू क्रियाशील रहेको बताउँदै महानगर प्रमुख जिसीले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेकामा जोड दिनुभयो। कानुनको अभावमा महानगर अल्झिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै संघ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताउनुभयो।

सोही सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखराले ठूला गाडी धान्न नसक्ने बताउँदै पोखरामा चक्रपथ बनाउन निकै आवश्यक रहेको जिकिर गर्नुभयो। उहाँले पोखराले ठूला गाडी थेग्न सक्ने अवस्था छैन, चक्रपथ अहिले शुरु नगरे ढिला हुन्छे भन्नुभयो।