पेट्रोलियम पदार्थको अन्वेषण गर्न फेरि चिनियाँ टोली आयो

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
पालमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका तथा विस्तृत अध्ययन गर्नको लागि १९ सदस्यीय चिनियाँ टोली काठमाडौं आएको छ।
चिनियाँ टोलीले नेपालमा रहेको पेट्रोलियम पदार्थको व्यावसायिक अध्ययन अनुसन्धान गर्नेछ। सो टोलीले कुन तहमा, कतिको परिमाणमा, कस्तो प्रकृतिको पेट्रोलियम पदार्थ रहेको छ भने बारेमा स्थलगत अध्ययन अनुसन्धान र ड्रिलिङको काम गर्ने खानी तथा भूगर्भ विभागका महानिर्देश डा। सोमनाथ सापकोटाले बताउनुभयो। ‘यो साता टोलीले राजधानीमा सरोकारवालासँग छलफल गरी योजना बनाउनमा केन्द्रित हुनेछ,’ महानिर्देशक सापकोटाले भन्नुभयो–‘अर्का साता टोलीले दैलेखकको पादुकामा र तानसेनमा भौगोलिकलगायत विस्तृत अध्ययन गर्नेछ।’ टोलीले पाँच समूहमा रहेर नेपालको पेट्रोलियम पदार्थको स्थिति के कति मात्रमा रहेको अर्थात परिणमाणको तथ्यांक सो टोलीले निकाल्ने छ।

पेट्रोलियम खानी अन्वेषणको लागि चीनको बेइजिङमा नेपाली प्रतिनिधिमण्डल र चीन सरकारबीच फागुन १५ गते सम्झौता भएको थियो। सोही सम्झौता कार्यान्वयनको लागि चिनियाँ टोली नेपाल आएको पेट्रोलियम अन्वेषण परियोजना लैनचौरका प्रमुख सुधिर रजौरेले बताउनुभयो। टोलीले दैलेखका पादुका, धुलेश्वर र शिरस्थान, नाभिस्थान, पञ्चकोसी विभिन्न स्थानमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि आवश्यक छलफलपछि मात्रै काम शुरु गर्नेछ। सम्झौताअनुसार चीनले नेपालको बुटवल, पाल्पा, सुर्खेत र दैलेख गरी चार क्षेत्रमा अन्वेषण गर्नेछ।

त्यसमध्ये हाल दैलेख, पाल्पामा ड्रिलिङको काम गर्नेछ। विगतमा भएको प्रारम्भिकको खोज अनुसान्धानलाई मूर्तरूप दिनको लागि सम्झौताले बाटो खुलेको थियो। गत वर्ष चीन सरकारको स्वामित्वमा रहेको चाइना जिओलोजिकल सर्भको प्राविधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको प्रारम्भिक अध्ययन गरेको थियो।

टोलीले नेपाल भएको पेट्रोलियम खानी रहेको क्षेत्रमा के कति कुन परिमाण र तह रहेको छ, सोको व्यावसायिक तथा आर्थिक सम्भाव्याता अध्ययन हुने प्रमुख रजौरेले बताउनुभयो।‘ पेट्रोलियम अन्वेषण परियोजना विस्तृत अन्वेषण गर्नको लागि सरकारले स्वीकृति दिएको छ। गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रहेका पेट्रालियम परियोजना कार्यान्वयन सम्झौता गर्नको लागि चीनको सहयोग लिन स्वीकृति प्रदान गरेको हो।

जसका लागि ‘इम्प्मिेन्टेसन एग्रिमेन्ट अफ चाइना एड अन आयल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट इन नेपाल’ लाई स्वीकृति दिइएको थियो। दुई वर्ष अघि नेपाल र चीनवीच पेट्रोलियम पदार्थ अन्वेषणको सम्झौता भएपछि गत वर्ष चिनियाँ टोली नेपाल आएर प्रारम्भिक अध्ययन गरेर फर्किएको थियो। जियोलोजिकल अफ चाइनाको टोली सन् २०१८ को मध्यतिरनै नेपाल आएर परियोजनाको कार्यान्वयन गर्ने भए पनि आन्तरिक गृहकार्यमा ढिला भएको बताइएको छ।

चिनियाँँ टोलीले चुरे र तराईको बेल्टमा रहेको खानीमा पेट्रोलियम अन्वेषण प्रक्रिया अगाडि बढाउने छ। टोलीले अन्वेषण र उत्खनन् व्यावसायिक उत्पादनको सम्भाव्यता बारेमा बाटो खोल्नेछ। त्यसपछि खानी विभागले ग्लोवल टेन्डर आह्वान गरी खानी उत्खनन् प्रक्रियालाई अगाडि बढाउनेछ।