राइनो ५०० डी तथा रिद्धि सिद्धि सिमेन्टद्वारा आर्किटेक्चर प्रदर्शनी आयोजना

0
Shares

राइनो ५०० डी तथा रिद्धि सिद्धि सिमेन्टको सहकार्यामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनर्निर्माण र नेपालका सम्पदा तथा निर्माणसम्बन्धी सम्पूर्ण विषयको एकै थलोमा विस्तृत जानकारी दिने उद्देश्यले १३औं राष्ट्रिय एएसए आर्किटेक्चर प्रदर्शनी आयोजना गरेको छ। प्रदर्शनीमा वास्तुकलाले सामान्य जीवनमा पार्ने असरदेखि विश्वमा रहेको वास्तुकलाको अवस्थाबारे निकै रचनात्मक रूपमा विद्यार्थी ले प्रस्तुति दिएका थिए। पुल्चोकस्थित पुल्चोक इन्जियरिङ कलेज भएको सो तीन दिने प्रदर्शनी आइतबार असार ८ गते समापन भएको थियो। प्रदर्शनीमा वास्तुकलाका साथै विद्यार्थीहरूले चित्रकला, काष्ठकला तथा अरू विषयमा समेत प्रस्तुति गरेका थिए। जगदम्बा स्टील्स्को राइनो ५०० डी तथा रिद्धिसिद्धि सिमेन्टले प्रदर्शनीको आयोजनामा सहायता पु¥याएको थियो।