नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध


काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध बनेको छ । यो सडकखण्डको जलवीरेमा आज बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।

गाडी नचलेपछि यात्रु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।