नेकपा सचिवालय बैठक: आज केहि टुङ्गो लागेन


काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निर्णय स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न बसेको बैठक कुनै निर्णय विना नै स्थगित भएको हो ।

राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्ने भनिए पनि बैठकमा खास एजेन्डाको बारेमा प्रवेश हुन नपाउँदै बैठक स्थगित भएको हाे ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको युरोप भ्रमणको बारेमा जानकारी क्रममा बढी समय लागेको हुनाले बैठकमा खास विषयको निर्णय हुन नसकेको बताइएकाे छ । प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि यो पहिलो सचिवालयको बैठक हो ।

बैठक जारी हुँदै गर्दा प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक गृहकार्यसहित बस्ने सहमती भए पनि कहिले बस्ने भन्ने मिति तय भएको छैन ।