पूर्वमन्त्री धनिराम पौडेलको निधन


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री धनिराम पौडेलको शुक्रबार निधन भएको छ ।

हृदयघातका कारण उनको निधन भएको नेकपाको भातृसंगठन युवा संघका संयोजक रामप्रसाद सापकोटाले उल्लेख गरेका छन् ।

पछिल्लो पटक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पौडेल शिक्षामन्त्री थिए ।