मोटर साइकल दुर्घटनामा वडा सदस्य गम्भीर घाइते


बझाङ । बझाङमा मोटर साइकल दुर्घटना हुँदा वडा सदस्य गम्भीर घाइते भएका छन ।

बिहिबार जयपृथ्वी नगरपालिका ७ छयालाका वडा सदस्य नर बहादुर महर से १ व ११७७ नम्बरको मोटर साइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका हुन । महरकोे टाँउको र छातीमा गम्भीर चोट रहेको पत्रकार दिपक राज जोशीले बताए । उनले भने घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले पनि रिफर गरेको छ ।

दुर्घटना भएको मोटर साइकल जयपृथ्वी नगरपालिका ७ नम्बर वडा कार्यालयको रहेको प्रहरीले जनाएको छ । जयपृथ्वी नगरपालिका ७ सुवेडामा मोटर साइकल सिक्ने क्रममा मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी मोहन चन्दले बताए । उनले भने मोटर साइकल सडकबाट झण्डै २० मिटर तल खसेको छ ।