आनीको रकम नरोक्न प्रधानमन्त्री सचिवालयको दबाब


काठमाडौं । स्रोत नखुलेको रकम पटक पटक नेपाल भित्र्याएकी गायिका आनी छोइङ डोल्माको खाता रोक्का नगर्न प्रधानमन्त्रीकै सचिवालयले दवाव दिएको बताइएको छ ।

सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएपछि प्रधानमन्त्रीको सचिवालयले दवाव दिइरहेको श्रोतले बताएको छ ।

आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९४० अमेकरिकी डलर अर्थात १८ करोड ३१ लाख ४३ हजार ३४० रुपैयाँ नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरणको छानविनमा परेकी थिइन ।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट आनी चर्चित छिन ।