च्याम्पियन्स लिग फाइनलः कसले मार्ला बाजी ? टोटनहृयाम कि लिभरपुल ?



एजेन्सी। स्पेनको मड्रिडमा शनिबार राति पौने १ बजे च्याम्पियन्स लिग फाइनलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटनहृयाम भिड्दै छन् ।

२००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले च्याम्पियन्स लिग फाइनल खेलेपछि यसपटक नै दुई इंग्लिस टिम फाइनलमा भेटिएका हुन् । जसमा टोटनहृयाम पहिलोपटक फाइनलमा पुगेको हो भने पाँच पटकको विजेता लिभरपुलको नवौँ फाइनल यात्रा हो ।

भर्खरै सकिएको सिजन प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा र टोटनहृयाम चौथो स्थानमा रहेका थिए । फाइनल अघि टोटनहृयामको तुलनामा लिभरपुलको फर्मेसन र सुरुवाति ११ खेलाडी केही अनुमान गर्न सकिने खालको देखिन्छ ।

टोटनहृयाम कि लिभरपुल ?

घाइते रहेका टोटनहृयाम स्ट्राइकर हृयारी केन मैदान फर्किने बताइसकेका छन् । त्यसैले सन हिउङ मिन या सेमिफाइनलका स्टार लुकास मोउरामध्ये एक सुरुवातमा बेञ्चमा हुने छन् । पोचेटिनोले स्ट्राइकमा तीनै जनालाई समावेश गर्ने सोच्न सक्लान् त रु त्यसो भएमा उनले मिडफिल्डलाई फरक ढंगमा प्रयोग गर्नुपर्ने हुन्छ ।

दुई खेलाडी स्ट्राइकमा राख्दा मिडफिल्डमा अलि, सिसोको, इरिकसन र डायरसँगै डिफेन्सबाट ट्रिपियरलाई पनि पोसेसनमा अगाडि बढाउने शैली पोचेटिनोलाई आवश्यक पर्न जान्छ ।

त्यसमा उनले ‘स्वीपिङ मुभ्स’ प्रयोग गर्न सक्छन् । किनभने लिभरपुलको सेन्टर ब्याकलाई हेर्दा बक्समा फालिने क्रस बलबाट केही फाइदा हुने देखिँदैन ।

एन्पिmल्डमा खेलिएको लिभरपुलविरुद्धको प्रिमियर लिग खेलमा ३–५–२ को फर्मेसनमा खेल सुरु गरेको टोटनहृयामले लिभरपुलले एलेक्जेण्डर आर्नोल्ड र एन्डी रोबर्टसनलाई लगातार अगाडि बढाएपछि तुरुन्तै ४–४–२ को फर्मेसन अपनाएको थियो ।

जसमा मोउरालाई मिडफिल्डमा ल्याएर बल होल्ड गर्न ४–५–१ मा समेत खेलिएको थियो ।

यसमा पनि मोहम्मद सलाह र सडियो मानेको तिब्रतालाई भने टोटनहृयामले विचार गर्नै पर्छ ।

टोटनहृयामविरुद्ध राम्रो लयमा रहेका फर्मिनोलाई खेलाउन लिभरपुल योजनारत देखिन्छ । यसले गर्दा लिभरपुलको भरपर्दो ४–३–३ कै फर्मेसन देखिने सम्भावना बढी छ ।

जसमा माने देब्रेतर्फबाट र सलाह दाहिनेतर्फबाट अट्याकमा बढ्ने छन् । टोटनहृयामका लागि वान भर्सेस वानमा बस्नुपर्ने बाध्यता यिनै दुईले सिर्जना गर्नेछन् ।

लिभरपुलका लागि एउटा समस्या मिडफिल्डमा ओभरलोड होला कि भन्ने पनि देखिन्छ ।

त्यसलाई व्यवस्थापन गरेर दुवै विङबाट डिफेन्डरलाई बढाउने शैलीमा क्लोप पोख्त भए पनि फाइनलमा धेरै आक्रामक हुनु सकारात्मक मात्रै नबनिदिन सक्छ । टोटनहृयामका इरिकसन र अलिजस्ता दबावमा खेल्न सक्ने खेलाडी रहेकाले पनि लिभरपुल विशेष चनाखो बन्नै पर्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्